एजेन्सी, ३० साउन ।
अफ्रीकी मुलुक बुर्किना फासोको क्वागादोगुमा भएको आतंककारी आक्रमणमा १७ जनाको मृत्यु भएको छ ।
क्वागादोगु शहरको एक रेष्टुराँ बाहिर तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
घटनामा थप आठ जना घाइते भएका छन् । मारिनेमा एक जना टर्किस नागरिक रहेको खुलासा भएपनि अन्य नागरिकको पहिचान खुल्न बाँकी रहेको अधिकारीलाई उधृत गर्दै बिबीसीले उल्लखे गरेको छ ।
आmक्रमणपछि जवाफी कारबाहीमा बन्दुकधारीहरु पनि मारिएका छन् । रेष्टुराँमा अझै केही मानिस फसिरहेको अनुमान गरिएको छ ।
बुर्किना फासोमा गत वर्षको जनवरीमा जिहाद समूहले गरेको आक्रमणमा ३० जना मारिएका थिए । बुर्किना फासोमा सन् २०१२ देखि आतंकवादी समूह आइएसले विभिन्न आक्रमण गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline