साउदीमा ११ नेपाली अलपत्र ,दूतावासले गर्यो बेवास्ता

साउदीमा ११ नेपाली अलपत्र ,दूतावासले गर्यो बेवास्ता

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

सुसान आचार्य /युएई।
रोजगारीका लागि साउदी पुगेका ११जना नेपाली युवा अलपत्र परेका छन । काठमाडौको जाउलाखेलमा रहेको लक्की एच आर मेनपावर प्राली बाट साउदीको रिहादमा विभिन्न दुध डेरि र अलमराइ कम्पनीमा काम गर्न भनी पठाइको भय पनि सम्झौता भन्दा फरक कम्पनी र काममा हाल्दिय पछी उनिहरु बिचल्लीमा परेका हुन ।
मेनपावरले लाई जनही १लाख १० हजार देखि २लाख रुपैयाँ सम्म असुल गरि राम्रो कमाइको आश्वासन देखाइ पठाए पनि आफुहरुलाइ सम्झौता भन्दा फरक कम्पनीमा अत्यन्तै न्यून पारिस्रमिक मा हाल्दियको र बिगत ५ महिना देखि कम्पनीले काम नदिदा खाना खान समेत पैसा नभएको गुनासो पीडित मध्यका एक तनहु का सन्तोष नेपालीले गरेका छन ।
यता पीडितहरुले लामो समय देखि साउदी स्थित नेपाली दूतावासमा आफुहरुलाइ कम्पनीले बन्दी जस्तै बनायर राखेको हुदा उद्दार गरि नेपाल पठाउन निवेदन सहित बारम्बार अनुरोध गर्दा समेत वास्ता नगरेको पीडितको भनाइ रहेको छ । मेनपावरलाई फोन गर्यो कहिले फोन उठाउदैन कहिले गर्दैछु भन्छ आयको एक बर्स भयो ऋण तिर्न त कुरा छोडौ खाना खाने पैसा नि साथमा छैन ,कम्पनीले बन्दी जस्तै बनायर बाहिर निस्कन नमिल्ने गरि राखेको छ भागेर बाहिर निस्कदै कतिलाई अनुरोध गरियो कसैले सुन्दैनन अब हामी कसरी नेपाल जाउ सन्तोषको गुनासो छ ।
यसरी अलपत्र पर्नमा तनहुका सन्तोश नेपालि, बैतडीका केशव बोहरा ,मुगुका लाल प्रसाद भट्ट ,दाङका देब बहादुर ठाडा बैतडीकै नर बा. बोहरा ,स्याङ्जाका हरि बाहादुर खवास ,सुर्खेतका दिपक बि क ,सुर्खेतकै जगत कसेरा ,उदयपुरका अबिका प्रसाद भट्टराई ,उदयपुरकै हेमराउज बस्नेत ,र खोटाङकै दिपक खत्री रहेका छन । पीडित हरुले आफुहरुलाइ उद्दार गरि नेपाल पठाउन साउदी स्थित विभिन्न सघ संगठन र नेपाल सरकार समक्ष माग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी