काठमाडौं , २७ साउन ।
सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
शर्माको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै अदालतले शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
राजश्व निर्धारणमा अनियमितता गरेको आरोपसम्बन्धमा छानविन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते शर्मालाई पक्राउ गरेको थियो ।
शर्मालाई गैरकानुनी ढङ्गबाट पक्राउ गरिएको भन्दै उनकी पत्नी कल्पना उप्रेतीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline