काठमाडौ ,२६ साउन ।
बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमिस्टेकको १५ औं बैठक राजधानीमा आज पनि जारी छ । आजको मन्त्री स्तरीय बैठकमा विमस्टेक प्रोसेसलाई सुदृढ गर्ने विषयमा छलफल भइरहेको छ ।
यस्तै बैठकमा विमस्टेकले पहिचान गरेका कनेक्टिभिटी विस्तारm आतंकवाद नियन्त्रणm व्यापार, लगानी, गरीबी निवारण, यातायात, पर्यटन, सन्चार तथा उर्जा लगायत १४ क्षेत्रमा सदस्य मुलुक विच सहकार्य अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
हिजो देखि सुरु बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विमस्टेक एसियाका दुइ गतिशील क्षेत्रलाई जोड्ने पुल भएको बताउनु भएको छ ।
आर्थिक वृद्धि र समृद्धिको मार्गमा गरिबी भीषण चुनौतीका रुपमा रहेको बताउँदै उहाँले बिमस्टेक क्षेत्रका जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सबैले सामूहिक एवं निर्णायक रुपमा काम गर्नुपर्ने बताउनु भयो ।
बैठकमा भारत, भूटान श्रीलंका र बंगलादेश लगायत विभिन्न मुलुकका विदेशमन्त्रीको सहभागीता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न एजेन्डामा छलफल गर्दै विमस्टेक बैठक आज सकिदै छ ।