अन्तत : राजपा चुनावमा सहभागी हुने , संशोधन विधेयक निर्णयार्थ पेश गर्न सहमत

अन्तत : राजपा चुनावमा सहभागी हुने , संशोधन विधेयक निर्णयार्थ पेश गर्न सहमत

  • शुक्रबार, साउन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२७ साउन, काठमाडौं ।
सरकार र राष्ट्रिय जनता पार्टी राजपा संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमत भएका छन् । यससँगै राजपा आगामी असोज २ गते हुने प्रदेश २ मा हुने स्थानीय तहको चुनावमा सहभागी हुने छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच आज बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विधेयक अघि बढाउने सहमति भएको हो ।

सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान हुनेछ । बैठक पछि बोल्दै राजपाका नेता शरतसिंह भण्डारीले संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको जानकारी गराउनु भयो । साथै उहाँले संशोधन विधेयक पास हुनेमा आफूहरु विश्वसत रहेको पनि बताउनु भयो ।

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन । सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा निर्वाचनमा जाने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ