एजेन्सी,२६ साउन ।
डोकलाम विवाद साम्य हुने देखिएको छैन । भारतले दुवै देशका सेनाहरु फिर्ता बोलाउने प्रस्ताव अगाडि सारेपनि चीनले आफ्नो एक इन्च जमिन पनि नछाड्ने बताएपछि भारतको सदनमा ठुलो बहस चलेको थियो ।
चीनले भारतको प्रस्ताव खारेज गर्दै भनेको छ,‘यदी यो उत्तराखण्डको कालापानी क्षेत्र वा काश्मिरमा घुस्यो भने तब नयाँ दिल्ली के गर्नेछ ।’
पहिलो पटक चीनले काश्मिरबारे बोलेको भारतीय मिडियाले बताएका छन् । चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्स काश्मिरलाई लिएर यस्तो खाले टिप्पणी गरिएको हो ।
भारतीय सेनाले डोकलाम क्षेत्रमा सडक बनाउने काम जुटिरहेका चिनियाँ सेनालाई रोकेपछि ५० दिनदेखि भारत–चीन सम्बन्ध चिसिएको हो ।
चीनले डोकलामलाई आफ्नो दाबी गर्दै भनेको छ,‘हामी हाम्रो जमिन एक इन्च पनि छोड्नेवाला छैनौ । यसका लागि गैर कुटनीतिक तरिका अपनाउन हामी पछि हट्नेछैनौ ।’
चीनले उक्त स्थानमा सडक बनाएरै छोड्ने संकल्प लिएको छ । यसका लागि भारतीय सेनालाई पछाडि हट्न चीन सरकारले चेतावनी दिदै आएको छ । भुटानले डोकलाम आफ्नो क्षेत्र भएको बताउँदै आइरहेको छ भने चीनले डोकलाम आफ्नो भएको दाबी गरेको छ । चीनले यहाँसम्म कि थिम्पु र बेजिङमा यस विषयलाई लिएर कुनै विवाद समेत नरहेको बताएको छ ।
आफ्नो अधिकारका लागि युद्ध लड्न सक्ने चीनको विदेश मन्त्रालयले सीमा र सागर मामिलाका उप महा निर्देशक वांङ वेनलीले भनेका छन्,‘एक दिनका लािग पनि यदी एक जना भारतीय सैनिक उक्त स्थानमा रहन्छन् भने हाम्रो संप्रभुता र क्षेत्रीय अंखण्डताको उल्लघन हो ।’
भारत–चीन यद्धको तयारीबारे उनले भनेका छन्,‘म यतिमात्र भन्न सक्छु कि पिएलए र चीन सरकार, हामीसँग प्रतिवद्धता रहेको छ ।
यसकारण भारतले गलत बाटो रोज्ने निर्णय गरेमा वा यस घटनाको बारेमा कसैले भ्रम राख्छ भने हाम्रो अधिकारको संरक्षण गर्न, अन्तराष्ट्रिय कानुन मुताविक हामीसँग कुनै पनि खाले कारबाही गर्ने अधिकार रहेकोछ ।’
भारतसँग वार्ता असम्भव वाङ एक भारतीय मिडिया प्रतिनिधिमण्डलको सम्बोधन गरेका थिए । उनले भारतसँग वार्ता गर्न असम्भव रहेको बताए । ‘हाम्रो देशका जनताले सरकार असमक्ष रहेको भान गर्नेछन् ।
जबसम्म भारतीय सेना डोकलामबाट फिर्ता हुदैनन् तबसम्म हामीहरुबीच कुनै ठोस वार्ता हुनेछैन ।’ उनले भने । उनले थप्दै भने,‘यही अवस्था रहे जस्तोसुकै कदम उठाउन हामी तयार रहेका छौ ।’
यसैबीच उनले काश्मिरको मुद्धा पनि उठाए । उनले नेपालको कालापानी र भारतबीच रहेको विवादबारे बोलेका थिए । उनले भनेका छन्,‘भारतका लागि ट्राइजंक्सनको प्रयोग गर्ने बहाना हुनसक्दैन ।’ भारतको धेरै क्षेत्रमा ट्राइजक्शंन क्षेत्र रहेको छ । यसै विषयमा उनले भनेका छन्,‘चीन, भारत र नेपालबीच कालापानी क्षेत्रमा घुस्नेछौ वा भारत, पाकिस्तानबीच काश्मिर क्षेत्रमा घुस्नेछौ । यो ट्राइजक्शंनले अधिक संकट निम्त्याउने छ ।’