चीन र भारतबीच डोकलामको विषयलाई लिएर तनाव छ र यो कहिले र कसरी अन्त्य हुन्छ भन्ने कुरा संसय नै छ । यो दुई ठूला देशको बीचमा रहेको नेपालले दुई देशको तनाव रहेको बेला के नीति अपनाउछ ? के १९६२ को युद्धमा जस्तै नीति ५ दशक पछि पनि नेपालले लिएर भन्ने कौतुहलताको विषय छ ।
नेपाल १९६२ को चीन भारत युद्धको बेला तठस्थ रहेको थियो । यस पटक भारत र चीन दुवैले औपचारीक रुपमा नेपालसगँ समर्थन मागेको नदेखिए पनि दुवै देशका कुटनीतिक अधिकारीहरुले ब्रिफिगं गरीरहेको बताईएको छ ।
नेपाललाई यदी दुवै देशबीच शक्तिशाली युद्ध भएमा अत्यावस्यकीय वस्तुहरुको आपुर्तिमा कठिनाई हुने छ । नेपालले युछ नलडे पनि या समर्थन विरोध नगरे पनि युद्धकालीन जस्तै परिस्थिति यहा बन्ने छ । चीनसगँ १४ सय र भारतसगँ १७ सय किलो मिटर लामो सिमा सम्बन्ध रहेको नेपाललाई त्यो बेला निकै कठिनाई हुने छ ।
नेपाल तठस्थ , नेपाली गोर्खाली चीन विरुद्ध ?
यहा यस्तो स्थिति हुन्छ कि जब ईन्फेन्ट्री वार हुन्छ चाहे त्यो कास्मीर होस् या चीन त्यो बेला भारतीय सेनामा कार्यरत गोरखा सैनिकलाई फ्रन्टमा राख्छ भारतले । यसै कारण नेपाली नागरिकहरु भारतीय बन्दुक बोकेर चीन विरुद्ध या पाकिस्तान विरुद्ध लड्नु पर्ने बाध्यतामा हुन्छन् । तर सरकार पूर्णत तठस्त रहेको अनुभव पुरानो छ ।
१९६२ को युद्ध पछि भारतले नेपालको दार्चुलाको कालापानी कब्जा गर्यो । नेपाली भूमिमा भारतले जबरजस्ती राखेको सेना अहिले सम्म पनि फिर्ता भएको छैन । र यथार्थमा भन्दा नेपालले भारत विरुद्ध आधिकारीक रुपमा कानुनी लडाई समेत लड्न सकेको छैन ।
यस्तो संवेदनशील बेलामा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा अगष्ट २३ मा दिल्ली जादैछन् । निश्चयनै देउवाले नेपालको तर्फबाट भारतलाई पनि दुवै देशको समस्या वार्ताको माध्यमबाट समाधान गर्न अपील गर्नु बाच्छनीय हुन्छ ।

१९६२ को युद्धका बेला चीनमाथि नेपालको कुनै पनि निर्भरता थिएन र सम्पर्क पनि कम थियो । तर पछिल्लो दशक चीन नेपालको ठूलो तहसम्म आईसकेको छ । र अब उसले आफ्नो च्यानलमार्फत डोकलाम विवादमा छलफल गरीरहेको हुन सक्छ । केही दिन अघि मात्रै नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा बोलाईएको थियो ।
उता दुई देशबीच युद्ध भए भुटान करीब करीब भारतको पक्षमा उभिने लगभग निश्चित छ ।
