रौतहटको गरु डामामृतक चार बालिकाका परिवार र स्थानीयद्वारा प्रदर्शन, लापरवाही गर्ने ठेकेदार पक्राउ

रौतहटको गरु डामामृतक चार बालिकाका परिवार र स्थानीयद्वारा प्रदर्शन, लापरवाही गर्ने ठेकेदार पक्राउ

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

गौर, साउन २२ । रौतहटको गरुडामा कच्ची बाटोको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको ज्यान गएपछि प्रहरीले बाटो बनाउने ठेकेदारलाई पक्राउ गरेको छ । ठेकेदार कम्पनीका प्रल्हाद साहलाई प्रक्राउ गरिएको हो । ठेकेदारले बाटो बनाउने क्रममा खनिएको खाल्डो नपुरी छाड्दा बालिकाहरुको डुबेर मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । मृतकहरुको शव पोष्टमार्टम गरेपछि जिम्मा लिएका आफन्तहरुले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर सडक अवरुद्ध गरेका थिए ।

प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा पीडित परिवारलाई किरिया खर्च बापत १५–१५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलेको छ ।
पीडित परिवारले आजै बालिकाहरुको अन्तिम संस्कार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ