बिहेलगत्तै बेहुलीले बेहुलाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएपछि …

बिहेलगत्तै बेहुलीले बेहुलाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएपछि …

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, साउन १८ । अमेरिकामा एक महिलाले विवाहलगत्तै आफ्नो दुलाहाको शीर पेस्तोल तेर्स्याएपछि ती महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार २५ वर्षीय एलिजाबेथ प्रिचार्डले विवाहलगत्तै आफ्नो दुलाहाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली नभएका कारण मानवीय क्षति नभएको बताइएको छ ।

३१ जुलाइमा टेनेसी प्रान्तमा भएको सो घटनालगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ती महिलाले पछि पेस्तोलमा गोली लोड गर्दै हवाइ फायरसमेत गरेकी थिइन् ।

कयौं राउन्ड हवाइ फायर गरेपछि त्यहाँ आतंक सिर्जना भएको थियो । प्रहरीले घटनास्थल पुगेर प्रत्यक्षदर्शीसँग बयान लिएको थियो ।

प्रत्यक्षदर्शीले दिएको बयानअनुसार बेहुलाबेहुलीले मादक पदार्थ सेवन गरेका थिए । उनीहरु आपसमा विवाद गर्न थालेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ