नाकाबन्दीले कतारमा नेपाली कामदार ठूलो समस्यामा , काम छाडेर घर फर्कन समेत समस्या

नाकाबन्दीले कतारमा नेपाली कामदार ठूलो समस्यामा , काम छाडेर घर फर्कन समेत समस्या

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौं साउन १८ । कतारमा साउदी अरबले लगाएको नाकाबन्दीको असर नेपाली सहित विदेशी कामदारमाथि पर्न थालेको छ ।
अहिले कतारमा रहेका विदेशी कम्पनीहरुमा काम गर्ने धेरै नेपाली कामदारलाई कम्पनीले काम दिन छाडेको छ । उनीहरु काम नभए पछि घर फर्कन समेत आर्थिक अभावले समस्यामा परेको बताईएको छ ।
कम्पनीले एक महिना सम्म कोठामा कोचेर राख्ने र हवाई टिकटको व्यवस्था समेत गर्न ढिलो गरीरहेका छन् । कम्पनीमा कच्चा पदार्थको आयात र निर्यात व्यापारमा समस्या भए पछि रोजगारीमा गएका युवाको बिचल्ली भएको हो ।
अहिले धमाधम युवाहरु स्वदेश फर्कन थालेका छन् । कतारमा रहेका एक नेपाली युवाले कतारमाथि नाकाबन्दी लगाएको १० दिन पछि देखि साग सब्जी खान नपाएको समेत बताए । अहिले युवाहरु खाली दालभातको भरमा बाचीरहेका छन् । सानो मुलुक कतारमा साउदी अरबले लगाएको नाकाबन्दी पछि सामान आयात निर्यातमा ठूलो समस्या परेको छ । ठूलो संख्यामा नेपाली कामदारहरु कतारमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी