काठमाडौ ,१७ साउन ।
अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसका कम्युनिकेशन निर्देशक एन्टोनी स्कारामुर्चीलाई पदबाट हटाइएको छ । एन्टोनी जिम्मेवारी सम्हालेको १० दिनमै बर्खास्त हुनु भएको हो ।
उहाँमाथि आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । एन्टोनीले ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ रेइन्स प्राइबसका बारेमा अभद्र टिप्पणी गर्नुभएको थियो ।
एन्टोनी ह्वाइट हाउसको मुख्य पदबाट गएको १० दिनमा बर्खास्तमा पर्ने चौथो व्यक्ति हुनुहुन्छ । उहाँ वाल स्ट्रीटका पूर्व लगानीकर्ता समेत हुनुहुन्छ ।
ट्रम्पले स्कारामुर्चीलाई कम्युनिकेशन निर्देशकमा नियुक्त गरेपछि प्रेस सचिव शन स्पाइसरले राजीनामा दिनुभएको थियो । चिफ अफ स्टाफ रेइन्स प्राइबसलाई भने पदबाट हटाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline