रुसद्धारा ७ सय ५५ जना अमेरीकी कुटनीतिक नियोगका कर्मचारीलाई देश छाड्न आदेश

रुसद्धारा ७ सय ५५ जना अमेरीकी कुटनीतिक नियोगका कर्मचारीलाई देश छाड्न आदेश

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी साउन १६ । अमेरीकाले नाकाबन्दी लगाउने प्रस्ताव ससदले पारीत गरेको केही दिन पछि रुसले ७ सय ५५ जना अमेरीकाका कुटनीतिक नियोगका कर्मचारीहरुलाई देश छाड्न आदेश दिएको छ ।
राष्ट्रपति भ्लादीमीर पुटिनको आदेशमा सेप्टेम्बर १ सम्ममा ती कर्मचारीहरुलाई छाड्न भनिएको हो । यो घटना पछि अब अमेरीकामा रहने रुसका कर्मचारी र रुसमा रहने अमेरीकी कर्मचारीको संख्या ४ सय ५५ को रहने छ ।
राजनीतिक ईतिहासमा कुनै पनि देशले कुटनीतिक कर्मचारी यति ठूलो संख्यामा निष्कासन गरेको हो ।
साथै राष्ट्रपति पुटिनले अमेरीकासगँ तत्कालै सम्बन्ध सुदृढ हुने संकेत नदेखिएको पनि बताउनु भएको छ ।
रुसको यो कदमप्रति अमेरीकाले चिन्ता जनाएको छ । अमेरीकी स्टेट डिपार्टले यसको असर के हुन्छ र कसरी जवाफ दिने भन्ने विषयमा योजना बनाउने बताएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ