राष्ट्रपति सिको उपस्थितिमा चीनीया सेनाको अहिले सम्मकै ठूलो सैन्य परेड

राष्ट्रपति सिको उपस्थितिमा चीनीया सेनाको अहिले सम्मकै ठूलो सैन्य परेड

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी,१६ साउन ।  चीनीया जनमुक्ति सेनाले आफ्नो ९० औं स्थापना दिवसको अवसरमा अहिले सम्मकै सबै भन्दा ठूलो सैन्य परेडको आयोजना गरेको छ ।
राष्ट्रपति सि जिन पिगंको उपस्थितिमा उत्तरी चीनको भित्री मंगोलीयाको एक हजार वर्ग किलो मिटर क्षेत्रमा फैलिएको आर्मी प्रशिक्षण केन्द्रमा १२ हजार सेनाले विभिन्न युद्ध कला र अहिले सम्म चीनले विकास गरेको सैन्य प्रविधिको प्रदर्शन गरिएको थियो । भारतसगँ डोकलाममा सिमा विवाद बढीरहेका बेला चीनको यो सैन्य शक्ति प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस क्रममा केही हतियार र प्रविधिको प्राक्टिकल टेष्ट गरिएको थियो ।
सबै भन्दा महत्वपूर्ण कुरा चीनले सबै जसो हतियार र लडाकु विमान, बम बर्षक, हेलिकोप्टर, क्षेप्यास्त्र , लामा तथा छोटा दुरीका हतियारहरु स्वदेश निर्मित प्रदर्शन गरिएको थियो ।
चीनले यस अघि रुसबाट लडाकु विमान ल्याउदै आएको थियो । हाल स्टेल्थ फाईटर जेट समेत उसले बनाएको छ । सो अवसरमा चीनीया राष्ट्रपति सि ले जनमुक्ति सेना देशको सुरक्षा गर्न र दुष्मनहरुलाई पराजीत गर्न सक्षम रहेको बताउनु भयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी