एजेन्सी साउन १६ । उत्तरकोरीयाले अमेरीकाको जुनसुकै ठाँउमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने अवस्थामा पुगेको खबर प्रकाशित भए पछि अमेरीकाले सो क्षेप्यास्त्र रोक्न थाड मिसाईल सिस्टमको परीक्षण गरेको छ ।
उत्तर कोरीयाले लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरे पछि अमेरीकाले विवादीत मिसाईल विरोधी कार्यक्रमको सफलतापुर्वक परीक्षण गरेको जनाईएको छ । साथै कोरीयाली प्रायद्धीपमा बम खसाल्ने वि १ विमानले पनि उडान भरेको छ ।
वासुसेनाले अलास्काबाट प्रहार गरेको क्षेप्यास्त्र थाड मिसाईल प्रणालीले रोकेको थियो ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति नकारात्मक टिप्पणी गर्दै विगतमा मुर्ख नेताहरुका कारण अरबौ पैसा कमाएको र उत्तर कोरीयाको हतियार कार्यक्रम प्रति नवोलेको बताउनु भयो ।
उत्तर कोरीयाले अन्तरमहादेशीय मिसाईलको सफलतापूर्वक परीक्षण गरे पछि अमेरीका, जापान र दक्षिण कोरीया चिन्तित बनेका छन् ।