अमेरीकाको सबै ठाँउमा उत्तर कोरीयाले क्षेप्यास्त्र खसाल्न सक्ने

अमेरीकाको सबै ठाँउमा उत्तर कोरीयाले क्षेप्यास्त्र खसाल्न सक्ने

  • आइतवार, साउन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

प्योङयाङको आणविक क्षमतालाई नजरअन्दाज गर्न नमिल्ने विज्ञहरूको भनाइ –

पछिल्लो परीक्षणले प्योङयाङले अमेरिकाका जुनसुकै क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने प्रमाणित गरेको उत्तर कोरियाली नेता किम जोङ उनले बताए

उत्तर कोरियाले उसको पछिल्लो अन्तरदेशीय ब्यालिस्टिक मिसाइल परीक्षणलाई सफल भएको दाबी गर्दै अमेरिकालाई ‘कडा चेतावनी’ दिन सो परीक्षण गरेको जनाएको छ । उत्तरले शुक्रबार राति शक्तिशाली अन्तरदेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । सो क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको थियो।

अमेरिकाभर प्रहार गर्ने क्षमता
पछिल्लो परीक्षणले प्योङयाङले अमेरिकाका जुनसुकै क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने प्रमाणित गरेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले दोस्रोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

‘हाम्रा नेता किम जोङ उनले गर्वसाथ बताएका छन् कि सम्पूर्ण अमेरिका अब प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचभित्र परेको छ,’ उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

अमेरिकाको विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको पछिल्लो परीक्षणको कडा निन्दा गरेका छन् । परीक्षणलाई ट्रम्पले ‘प्योङयाङको अविवेकी र खतरनाक कदम’ बताइका छन् । अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक हुनुमा बेइजिङ र रसिया जिम्मेवार रहेको आरोप लगाएका छन् । त्यस्तै, पेन्टागनका प्रवक्ता जेफ डेभिसले अमेरिका आफ्नो रक्ष गर्न सक्षम रहेको बताए । परीक्षणपछि अमेरिकी विदेशमन्त्री टिलरसन र उनका जापानी समकक्षी कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको थियो । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न अमेरिकाले दबाब दिनुपर्ने विदेशमन्त्री कुसिदाले टिलरसनसँग आग्रह गरेका थिए ।

अर्थपूर्ण प्रक्षेपण
शुक्रबार गरेको क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमिटरको उचाइमा पुगेको प्योङयाङले जनाएको छ । प्योङयाङले गरेको यो दोस्रो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण हो । उत्तरी क्षेत्र जगाङ प्रान्तको सेनाको आणविक भट्टीबाट रातको समयमा सो क्षेप्यास्त्र प्रहार गरिएको थियो । उत्तर कोरियाले तीन साताअघि पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तरले प्रायः क्षेप्यास्त्र बिहान प्रक्षेपण गरे पनि पछिल्लो क्षेप्यास्त्र रातको समयमा प्रहार गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । त्यस्तै, जगाङबाट पहिलोपटक प्रक्षेपण गरिएको हो ।

नजरअन्दाज गर्नुहुन्न
प्योङयाङले अमेरिकाका सबै क्षेत्रमा आक्रमण गर्न सक्ने शक्तिशालीे क्षेप्यास्त्र विकास गरिनसकेको तर, उसको आणविक क्षमतालाई नजरअन्दाज गर्न नमिल्ने विज्ञहरूको भनाइ छ । उत्तरले विश्व समुदायको अनुमानविपरीत तीव्र गतिमा क्षेप्यास्त्र परीक्षण गरेकाले समयमै नियन्त्रण गर्नुपर्ने केही विज्ञहरूको सुझाब छ ।

सञ्चालनमा आएन संयन्त्र
उत्तर कोरियाका आणविक परीक्षण रोक्न दक्षिण कोरियाले स्वतन्त्र ढंगले काम गर्ने दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ मोले बताए । उत्तरका आणविक गतिविधि निस्तेज गर्न अमेरिकाले दक्षिण कोरियामा थाड संयन्त्रको स्थापना गरिसकेको छ । तर, सो संयन्त्रलाई अझै सञ्चालनमा ल्याइएको छैन । सो संयन्त्रले क्षेत्रीय सुरक्षा सन्तुलनमा असर गर्ने भन्दै चीनले अमेरिकाको विरोध गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायको विरोध
अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो परीक्षणको भत्र्सना गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्र परीक्षण आफ्नोे मुलुकका लागि सुरक्षामा गम्भीर खतरा निम्ताएको बताए । त्यसैगरी, दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले प्योङयाङको परीक्षणको विरोध गरेका छन् ।

राष्ट्रपति मुनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक डाकेका थिए । प्योङयाङले प्रविधिमा महत्वपूर्ण प्रगति गरेको भन्दै दक्षिण कोरियाले चिन्ता व्यक्त गरेको छ । ‘प्रक्षेपण गरेको समय र स्थानका हिसाबले परीक्षण अस्वाभाविक भएको उसले टिप्पणी गरेको छ । चीनले उत्तर कोरियाको पछिल्लो परीक्षणको विरोध गरेको छ । सरोकारवाला सम्पूर्ण पक्षलाई धैर्य हुन र कोरियाली प्रायद्वीपमा थप तनाब नचर्काउन बेइजिङले सुझाब दिएको छ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले अमेरिकाको जुनसुकै भूमिमा क्षेप्यास्त्र प्रहार गर्ने दाबी गरे पनि उत्तर कोरियाका क्षेप्यास्त्र वास्तविक लक्ष्यमा पुग्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् ।

-नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी