पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा अब्बासी

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा अब्बासी

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी , १४ साउन ।

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहिद खकान अब्बासी नियुक्त हुनुभएको छ ।

मुस्लिम लिग नवाजले अब्बासीलाई नयाँ प्रधानमन्त्ती बनाउने निर्णय गरेलगत्तै आजै राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको हो ।

अब्बासी अन्तरिम कालका लागि प्रधानमन्त्री निर्वा्चित हुनुभएको हुने पाकिस्तानी जीइओ न्यूजले जनाएको छ । उहाँ सो पार्टी भित्र विवादरहित नेता मानिनुहुन्छ ।

सन २००८ मार्च ३१ देखि मइ १३ २००८ सम्म उनी बाणिज्य मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका अम्बासी सन २०१३ को जुन ७ मा पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री हुनुभएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपमा दोषि ठहर गर्दै पदमा बस्न अयोग्य घोषणा गरेपछि सरिफले शुक्रबार नै राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी