तराई– मधेशको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव

तराई– मधेशको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

महोत्तरी, १४ साउन । तराई–मधेशको खानेपानी समस्या समाधान गर्नका लागि आफू गम्भीर रहेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताउनुभएको छ ।

आज नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाउनुभयो ।

मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ