हम्बन्टोटा बन्दरगाह चीनले ९९ वर्षसम्म सन्चालन गर्न पाउने ,श्रीलंका–चीनबीच १.१ बिलियन डलरको सम्झौता

हम्बन्टोटा बन्दरगाह चीनले ९९ वर्षसम्म सन्चालन गर्न पाउने ,श्रीलंका–चीनबीच १.१ बिलियन डलरको सम्झौता

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी , साउन १४ ।
श्रीलंकाले दक्षिणी हम्बन्टोटा बन्दरगाहको विकासका लागि चीनसँग १ दशमलव १ बिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब चिनियाँ सरकारी कम्पनीले बन्दरगाह ९९ वर्षसम्म सन्चालन गर्न पाउनेछ भने नजिकैको १५ हजार हेक्टर जमिन औद्योगिक क्षेत्रकारुपमा प्रयोग गर्नेछ ।

हाल उक्त जमिनमा बस्दै आएका हजारौं जनतालाई श्रीलंकाली सरकारले नयाँ जमिन दिएर त्यहाँबाट बिस्थापन गर्ने पनि जनाएको छ ।

यसअघि, बिबादास्पद रहेको बन्दरगाह चिनियाँ सेनाले प्रयोग गर्नसक्ने भन्दै महिनौंदेखि विरोध हुँदै आएको थियो ।

तर, श्रीलंकाली सरकारले भने एसिया र युरोप जाने मार्गकोरुपमा व्यापारिक प्रयोजनका लागि बन्दरगाह प्रयोग गर्ने विश्वास दिलाएको थियो ।

श्रीलंकाली सरकारले सम्झौताबाट प्राप्त हुने रकम विदेशी ऋण पुनः तिर्न मद्दत पुग्नेसमेत जनाएको छ ।

सन् २००९ मा श्रीलंकाको २६ वर्षे गृहयुद्ध अन्त्यपछि त्यहाँको भौतिक संरचना निर्माणमा चीनले लाखौं डलर लगानी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ