एकैरात दुईपटक बलात्कृत भईन् ब्रिटिश बालिका , दुबै बलात्कारमा एसियालीमुलका पुरुष संलग्न

एकैरात दुईपटक बलात्कृत भईन् ब्रिटिश बालिका , दुबै बलात्कारमा एसियालीमुलका पुरुष संलग्न

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी , साउन १४ ।  एक ब्रिटिश १५ वर्षीय बालिका एकैरात दुई पटक बलात्कारको शिकार भएकी छन् । एक पुरुषबाट बलात्कार भएकी उनलाई केही पर पुगेपछि अर्का एक पुरुषले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न दुबै पुरुषको एक अर्काबीच सम्बन्ध नरहेको बताइएको छ । यद्यपि दुबै पुरुष एसियालीमुलका रहेको प्रहरीले जनाएको छ ।

ती बालिका आफ्नो साथीसँग बर्मिङ्घमस्थित रेलवे स्टेशनमा हिँडिरहेको अवस्थामा एक पुरुषले उनलाई एकान्तमा लगेर बलात्कार गरेको थियो । बलात्कार भइसकेर केही पर पुगेकी उनले घर जानका लागि एउटा ट्याक्सी प्रयोग गरिन् तर सो ट्याक्सी चालकले समेत उनलाई एकान्तमा लगेर बलात्कार गरेको बताइएको छ ।

दुबै घटनामा संलग्न पुरुष एसियालीमूलका रहेको बताइए पनि उनीहरुको राष्ट्रियताका बारेमा खुलाइएको छैन । मिति नखुलाइएको सो घटना बेलुकी सात बजेदेखि राति दुई बजेका बीचमा भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान थालेको छ । दुबै घटनामा संलग्न पुरुषको अनुहार ती फुटेजमा देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ