उत्तर कोरियाद्धारा अर्को क्षेप्यास्त्र परीक्षण : अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने

उत्तर कोरियाद्धारा अर्को क्षेप्यास्त्र परीक्षण : अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, साउन १४ ।

पश्चिमा मुलुकहरुको बिरोधका बाबजुत उत्तर कोरियाले लामो दुरीसम्म मार हान्न सक्ने क्षमताको अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।

जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण करिब ३ हजार किलोमिटर टाढा जापानी समुद्रमा खसेको जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

यही महिनाको शुरुमा पनि उत्तर कोरियाले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो ।

पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन । तर केही विज्ञले भने उक्त क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने बताएका छन् ।

पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोमा अमेरिका, दक्षिण कोरिया, जापानलगायतका मुलुकले आपत्ति जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ