अन्तत : चीनले पठाउने भयो काश्मिरमा सेना

अन्तत : चीनले पठाउने भयो काश्मिरमा सेना

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१३ साउन,काठमाडौँ ।

दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ ।

चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ ।

चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका अनुसार भारतले भुटानको पक्ष लिएर डोकलाम आएर निहु खोजेको भन्दै चीनले पाकिस्तानको आग्रहमा आफ्नो सेना जम्मू–कश्मिरमा जान सक्ने संकेत गरेको छ ।

जसरी भुटानको आग्रहमा भारतीय सेना डोकलाममा गए त्यसैगरी चिनियाँ सेना पाकिस्तानको पक्षमा जम्मू–कश्मिरमा गएर भारतसँग लड्न सक्ने बताएको छ ।

‘यदि यस्तो भइरहने हो भने पाकिस्तानको अपीलका आधारमा जम्मू–कश्मिर मुद्दामा चिनियाँसेनाले दखल दिन सक्छ’ चिनियाँ अधिकारीलाई उदृत गर्दै पत्रिकाले लेखेको छ ।

पत्रिकामा भुटानले सहयोग नै नमागेको अवस्थामा भारतीय सेना डोकलाममा आएको बताइएको छ ।

भुटान र चीनको सीमा क्षेत्र डोकलाममा ४२ दिनदेखि भारतीय र चिनियाँ सेना आमने–सामनेको अवस्थामा छन् । चीनले सो क्षेत्रमा सडक निर्माण गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ