एजेन्सी , १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारी ठहर गर्दै सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पदबाट राजिनामा दिएका छन् । शरिफ र उनका सन्तानले भ्रष्टाचार गरी अकुत सम्पति विदेशमा लगानी गरेको विवरण पानामा पेपर्स्ले सन् २०१५ मा सार्वजनिक गरेको थियो । तर शरिफले सो आरोपको खण्डन गर्दै आएका थिए ।
अदालतको ५ सदस्यीय बेञ्चले सर्वसम्मत गरेको निर्णयमा उनी सांसदका लागि समेत अयोग्य ठहर भएका छन् । सर्वोच्चमा शरिफको मुद्दाको अन्तिम फैसला हुँदै गर्दा राजधानी इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
सर्वोच्च परिसरसहित राजधानी इस्लामावादमा दशौं हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । सन् २०१६ मा पानामा पेपर्सले शरिफका ३ जना सन्तानले विदेशी कम्पनीहरु सञ्चालन गरेको तर पारिवारिक सम्पतिमा सो उल्लेख नगरेको सूचना सार्वजनिक गरेको थियो । आदलतले शरिफकी छोरी मरियम, उनका श्रीमान् शफ्दर, अर्थमन्त्री इशाक दार लगायतबिरुद्ध पनि भ्रष्टाचारको मुद्दा अघि बढाउन आदेश दिएको छ ।
३ पटक प्रधानमन्त्री भइसकेका शरिफ पाकिस्तानको इतिहासमा पूरा कार्यकाल बिताउने पहिलो प्रधानमन्त्री बन्नबाट १ वर्ष मात्रै टाढा थिए । पाकिस्तानमा नागरिक स्तरबाट प्रधानमन्त्री भएकाले अहिलेसम्म ५ वर्षे कार्यकाल पूरा गरेका छैनन् ।
उनले १९९० देखि ९३, १९९७ फेब्रुअरीदेखि शैनिक कू हुनुअघिसम्म र सन् १९९९ अक्टुबारबाट प्रधानमन्त्री पद सम्हालेका थिए । १९८० को दशकबाटै शरिफमाथि भ्रष्टाचारको आरोप लागेपनि पानामा पेपर्स् सार्वजनिकि भएपछि मुद्दा चलाइएको हो ।