काठमाडौं, १२ साउन ।
नेपाल पर्वतारोण संघ ( एनएमए ) को विर्वाचन आगामि साउन २१ गते हुदैछ । निर्वाचन नजिकिएसँगै अध्यक्षका प्रत्यासीहरुले चुनाब प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।
संघको नेतृत्वका लागी करिब आधा दर्जन नाम चर्चामा आएता पनि मुख्य प्रतिस्पर्धा भने पर्यटन व्यवसायी एवं स्वतन्त्र उम्मेदवार जिम्बाजाम्बु शेर्पा र सन्तबीर लामाबीच हुने भएको छ ।
एनएमए निर्वाचनका लागि सर्वसहमतिय रुपमा नेतृत्व चयन गर्ने भनिए पनि तीनै दलका व्यवसायी बिचको आ–आफ्नो अडान कायमै रहेपछि निर्वाचन प्रक्रियामा पुगेको हो । सहमति नहुने भएपछि अहिले पर्यटन बजारमा तीनै पार्टी सम्बद्ध व्यवसायीहरु बिच पार्टीगत समिकरणमा छुट्टाछुट्टै वार्ता संवाद भईरहेको छ ।
चुनावी प्रक्रियाबाट संघको नेतृत्व चयन हुने भएपछि अन्तत स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पा र एमाले निकट व्यवसायी सन्तविर लामाकै बिच प्रतिस्पर्धा हुने सम्भावन देखिएको छ ।
कस्को सम्भावना बलियो ?
यसअघि पनि पर्वतारोहण संघको नेतृत्व सम्हालेर अनुभव बुटुलिसकेका जिम्बाजाङबु स्पष्ट, स्वच्छ र कम विवादित व्यक्ति भएका कारण उनको संभावना बलियो देखिन्छ । पर्वतीय पर्यटन व्यवसायमा शेर्पाहरुको बाहुल्यता रहनु र लामो समयदेखि यहि ब्यावसायमा लागेकाले अनुभवि उनको सम्भावना रहेको स्वयम व्यावसायीहरुको भनाई छ ।
त्यतिमात्र नभएर अध्यक्षका प्रत्यासी शेर्पालाई नेपाली कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ ( निट नेपाल ) ले समर्थन गर्ने घोषणा गरेको छ । स्वतन्त्र उम्मेदवार शेर्पालाई अब स्वतन्त्र मतदाताबाहेक कांग्रेसनिकट मतदाताहरुले पनि भोट दिनेछन् ।
यद्यपि, एमालेनिकट मानिएका व्यवसायी लामा पनि राम्रो उम्मेदवार भएका कारण उनीहरु दुवैबीच कडा प्रतिस्पर्धा हुने बताईन्छ । यता अध्यक्षका प्रत्यासी लामाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संघको अध्यक्ष पदका लागि लामालाई अगाडि सार्दा माओवादी केन्द्रनिकट नेपाल पर्यटन व्यवसायी संगठनले निमानुरु शेर्पालाई अध्यक्ष पदका लागि खडा गरेको थियो ।
सर्वसम्वत चयन असफल !
एनएमएको निर्वाचन सर्वसम्वत गर्ने प्रयास तुहिएको छ । तीनै दलनिकट अध्यक्षका प्रत्यासीले आ–आफ्नो अडान नछोडेपछि सो प्रयास तुहिएको हो । अहिले तीनै जना अध्यक्षका प्रत्यासीले आफ्नो उम्मेदारी प्रस्तुत गर्दै प्रचार–प्रसारलाई तीब्र पारेका छन् । उनीहरुले आफूनिकट बाहेकलाई पनि आफ्नो पक्षमा पार्न समिकरण र छुट्टाछुट्टै संवाद समेत अगाडि बढाएको छन् । एमाले, माओवादी समर्थित पर्यटन व्यवसायीहरुले छुट्टाछुट्टै समिति बनाएर संघको निर्वाचनमा सर्वसम्मत गराउन प्रयास गरेपनि सफल नभएपछि साउन २१ गते निर्वाचन हुने निश्चित भएको छ ।
अध्यक्षका लागि ४ जना प्रत्यासीको चर्चा !
संघको निर्वाचन गत महिना नै हुनुपर्ने बताइएता पनि सर्दै–सर्दै साउन २१ गते हुने भएको हो । संघको नेतृत्व लिन अहिले ४ जना प्रत्यासीको नाम चर्चामा छ । उनीहरु सवैले संघको नेतृत्व लिन आफू संक्षम रहेको भन्दै उम्मेदवारी प्रस्तुत गरिहरको छन् । अध्यक्षका लागि प्रत्यासी जिम्बाजाङ्बु शेर्पा, सन्तविर लामा, भूमीलाल लामा र निमानुरु शेर्पाको नाम चर्चामा छ । अन्त्यमाः जिम्बाजाङबु शेपा र सन्तविर लामाबीच कडा प्रतिस्पर्धा हुने अधिकांश पर्यटन ब्यवसायी बताउंछन् । पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा सक्रिय संघलाई सरकारले ३३ वटा हिमालकोे शुल्क उठाउने जिम्मेवारी दिएको छ । हाल संघले २७ वटा हिमालको मात्र शुल्क उठाइरहेको छ । ति चुचुराहरुबाट उठेको शुल्क पर्वतीय पर्यटनको प्रचार–प्रसार एवं प्रवद्र्धन र हिमाली क्षेत्रको सरसफाई एवं संरक्षणमा लगानी हुंदै आएको छ ।