बलात्कारको बदलामा बलात्कार ! पञ्चायतको आदेशअनुसार परिवारकै सामू किशोरीको भयो बलात्कार

बलात्कारको बदलामा बलात्कार ! पञ्चायतको आदेशअनुसार परिवारकै सामू किशोरीको भयो बलात्कार

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी , साउन १२ । पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तस्थित मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको हो ।

पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो बहिनीलाई बलात्कार गर्ने आरोपीकी बहिनीलाई बलात्कार गर्न पञ्चायतले आदेश दिएअनुसार पीडितको दाजुले परिवारकै सामू बलात्कार गरेको बताइएको छ ।

मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसका अनुसार १८ जुलाईमा भएको सो घटनाका बारेमा प्रहरीले हालसम्म २० जनालाई गिरफ्तार गरेको छ । बलात्कारको आदेश दिने गाउँ पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताए ।

पाकिस्तानका कयौं ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन छ । मानवअधिकारवादीहरुले भने यस प्रकारको व्यवस्थाको विरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ