जाकार्ता, १० साउन । मध्य इन्डोनेसियामा रहेको उत्तरी कलिमानतान प्रान्तमा रहेको एक जलक्षेत्रमा डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ ।
४७ जना सवार डुङ्गा डुब्दा त्यसमा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि आठ जनाको ज्यान गएको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयले जानकारी दिएको छ ।
द्रूत गतिमा रहेको यस डुङ्गामा करिब ४७ व्यक्ति सवार रहेका जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
उद्वारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटिरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline