अफगानिस्तानमा हवाई कारबाहीमा १४३ मारिए

अफगानिस्तानमा हवाई कारबाहीमा १४३ मारिए

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

अफगानिस्तान, १० साउन । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा परी नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

यस आक्रमणमा परी अन्य १७ आतङ्ककारी घाइते भएका छन । अफगान सेनाको स्रोतले मङ्गलबार सो जानकारी दिएका छन् ।

सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन् ।

उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

तालिवन आतङ्ककारी समूहले गत आइतवार कोहिस्तान जिल्ला कब्जा गरेका थिए । सो क्षेत्र पुनःनियन्त्रणको लागि सुरक्षाबलले कारबाही जारी राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी