चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग वार्ता नगर्ने, सीमाबाट सेना फिर्ता गर्नुपर्ने शर्त

चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग वार्ता नगर्ने, सीमाबाट सेना फिर्ता गर्नुपर्ने शर्त

  • मङ्लबार, साउन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी , साउन १० । भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको तनाबका बीच चीनमा यसै साता ब्रिक्स मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक हुँदैछ । बैठकका क्रममा दुबै देशका सुरक्षा सल्लाहकारले छलफल गर्ने सम्भावना भारतीय संचारमाध्यमले प्रकट गरिरहे पनि चीनले त्यसलाई अस्वीकार गरेको छ ।

ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गर्दैछन् । २७ र २८ जुलाईमा हुने सो बैठकका क्रममा उनले चिनियाँ समकक्षीसँग छुट्टै वार्ता गर्ने जनाइए पनि चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले त्यस्तो वार्ताको सम्भावना नरहेको प्रष्ट पारेको छ ।

सो अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘भारतले आफ्नो भ्रम त्याग्नु पर्दछ । अजित डोभालको चीन भ्रमणका क्रममा दुई देशबीच जारी विवाद भारतको इच्छाअनुसार समाधान गर्ने सही मौका होइन । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक नियमित रुपमा हुने एक सम्मेलन हो, जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्नु हो । यो मञ्च चीन–भारत सीमा विवाद सुल्झाउनका लागि होइन ।’

सो अखबारले चीन–भारत सीमा विवादका पठाडि सबैभन्दा ठूलो दिमाग नै अजित डोभालको रहेको दाबीसमेत गरेको छ । भारतीय मिडियाले डोभालको चीन भ्रमणका क्रममा मौजुदा विवाद समाधान हुने आश गरिरहेको जिकिर गर्दै ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ, ‘विवादित क्षेत्रबाट भारतीय सेना नहटेसम्म दुई देशबीच सार्थक वार्ता हुन नसक्नेमा चीन प्रष्ट छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी