चीनले दियो चेतावनी : भारत–चीन विवादास्पद क्षेत्रमा थप सैनिक बल पठाउछौ

चीनले दियो चेतावनी : भारत–चीन विवादास्पद क्षेत्रमा थप सैनिक बल पठाउछौ

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बेइजिङ, साउन ९ । चीनले भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी दिएको छ ।

चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’

चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ ।

चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ ।

तर, चीनले उक्त क्षेत्रमा जारी रहेको निर्माणको कार्य भने रोकेको छैन । निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लंघन गरेको जनाएको छ ।

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार (आज) बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने ‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।’

उनले सो पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिए ।

तर, के कति संख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने जानकारी भने उनले दिएनन् ।

उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि विवाद उत्पन्न भइरहेको छ । भारतीय पक्षले यस चिनियाँ भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी