१७ पत्रकारविरुद्ध आतंकवादसम्बन्धी मुद्दा

१७ पत्रकारविरुद्ध आतंकवादसम्बन्धी मुद्दा

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी , ९ साउन।
टर्की सरकारले १७ पत्रकार तथा व्यवस्थापकविरुद्ध आतंकवादलाई सहयोग गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

इस्तानबुलस्थित एक पत्रिकामा कार्यरत उनीहरुलाई दोषी प्रमाणित भए ४३ बर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । पत्रिकाले सम्पादकीय नीतिमा परिवर्तन गरेको, हिंसा भड्काउने तथा पृथकतावादीलाई सघाउ र्पुयाउने समाचार प्रकाशन गरेको तथा आतंकवादी संस्थाका नेताहरुको अन्तरवार्ता लिएको आरोप छ ।

पत्रकार तथा पत्रिकाका व्यवस्थापकविरुद्धको मुद्दामाथिको पहिलो सुनुवाई भइरहदा इस्तानबुलस्थित अदालतबाहिर बिरोध प्रदर्शन भएको बीबीसीले उल्लेख गरेको छ । प्रदर्शनकारीले सबै पत्रकारको रिहाईको माग गरेका छन् ।

यसैबीच, टर्कीको प्रेस स्वतन्त्रतासम्बन्धी समुहले रिसेप तैयप एर्दोगान सरकारको उदयसँगै १ सय ५० वटा सञ्चार प्रकाशन बन्द भएको र १ सय ५० भन्दा बढी सञ्चारकर्मीलाई प्रशासनले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका अधिकांशलाई आतंकवादसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी