एजेन्सी ,९ साउन ।
अफ्गानिस्तानको राजधानी काबुलमा आत्मघाती कार बम बिष्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
काबुलको पश्चिममा रहेको शिया बाहुल्य क्षेत्रमा भएको आक्रमणमा अन्य ४२ जना घाईते भएका छन् ।
विष्फोटबाट खनिज मन्त्रालयका कर्मचारी चढेको बसमा समेत क्षति पुगेको स्थानिय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
आक्रमणको जिम्मा तालेवान बिद्रोही समुहले लिएको छ । अफ्गानिस्तानका विभिन्न क्षेत्रमा इस्लामिक अतिवादी समुह आईएस र तालेवान बिद्रोहीले पटक पटक आक्रमण गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ जुनसम्म विभिन्न आक्रमणमा परी १ हजार ६ सय ६२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline