अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कान्दाहार (अफगानिस्तान) ७ साउन । अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन ।
यस युद्धग्रस्त देशमा वासिङ्गटनले गरेको पछिल्लो शान् िवार्ताको प्रयास असफल भएको थियो ।

हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतङ्ककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतङ्ककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो ।

अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटोस् मिसन इन अफगानिस्तान’द्धारा प्रंकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित विज्ञप्तिमा दुभाग्यबस भएको यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन ।

गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एक हवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए ।

गत नोभेम्बरमा उत्तरपूर्वी प्रान्त कुन्दुजमा भएको अमेरिकाआवद्व हवाइ आक्रमणमा ३२ अफगान नागरिक मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी