गोंगबु बसवार्क जहाँ यौन व्यवशाय मात्र हुदैन, केटीहरुले लुट्छन् केटाहरुलाई

गोंगबु बसवार्क जहाँ यौन व्यवशाय मात्र हुदैन, केटीहरुले लुट्छन् केटाहरुलाई

  • शनिबार, साउन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 31.7K
    SHARES

साउन ७ काठमाण्डौं । मानिसहरुको राजधानी भित्रिने र बाहिरीने प्रमुख जक्सन हो गोगबु स्थित नयाँ बसपार्क । यो बस पार्क र यस क्षेत्र आसपास यौन धन्दाको ठूलो अखडा बनेको छ । यो सबैलाई थाहा छ । तर यहाँ यौन प्यास मेटाउने केन्द्र मात्र होईन युवाहरु ठगिने र लुटिने केन्द्र पनि बनेको छ ।
गोंगबुको शुभलक्ष्मी गेष्ट हाउसको दुई वटा कोठा सधै एक जोडी युवा युवतीले बुकिगं गर्दथे । गोरखाका सपना विक र विवेक केसीले बुक गर्ने गरेको यो कोठा यौन क्रिडाको अखडा थियो । गेष्ट हाउसका सञ्चालक र यौन क्रिडाका ग्राहक झापा घर भएका मोद बहादुर कार्की अहिले जेलमा छन् । उनीहरु जेष्ठको तेस्रो साता पक्राउ परेका थिए ।
गोगबुमा बेस्यावृति सामान्य विषय बनेको छ भने त्याहाका चियापसल देखि फ्लाटहरु भाडामा लिएर युवाहरुलाई फकाउने र फसाउने अखडा बनेको छ ।
केही दिन अघि रामेछापका एक युवक मनिष ( नाम परिवर्तन ) बसपार्क छिर्ने पुलमा बसेर टोलाईरहेका थिए । समय बिहानको करी ११ बजेको थियो । केही युवतीहरु छाता ओढेर पुलको वरपर गरीरहेका थिए ।
मास्क लगाएकी गोरो वर्णकी एक युवतीले आफ्नो झोलाले नजाने जस्तो गरेर मनीषको जिउमा ठोक्काएर सरी भनिन् । केही छ्रैन भने मनीषले तर युवतीले अर्कै खाले ईशारा गरिन् ।
मनीषले केटी राम्रै देखे पछि युवतीसगँ मोज गर्ने योजना बनाएर सोधे कति हो ? केटीको जवाफ आयो २ हजार । बढी भो मनीषले भने । त्यसरी संवाद हुदै गए पछि १५ सयमा कुरा मिल्यो र उनीहरु एउटा गेष्ट हाउसमा गए । जुन गेष्ट हाउस मित्र नगर नजिकै थियो । त्याहाँ गए पछि मनिषसगँ शुरुमा ती गोरी युवतीले कोठा भाडा भनेर एक हजार रुपैया मागिन् त्यस पछि उनले हजार रुपैयाको नोट दिए ।
पछि लुगा खोल्दै यौन सम्पर्क गर्ने तयारी भए पछि युवतीले थप पैसा मागिन अनि मनिषले पाचँ सय रुपैया दिए । त्यस पछि ती केटीले खाते भन्दै गाली गर्दै थप १५ सय रुपैया असुलिन् । त्यस पछि भनाभन भयो । मनीषले १५ सयमा कुरा मिलेको भन्दै बढी पैसा लिएको कुरा गरे पछि युवतीले कोठा भाडा तिर्नु पर्दैन भन्दै थर्काउन थाले पछि विवादले उनीहरुले यौन सम्पर्क गर्न पाएनन् ।
आपसी विवाद बढ्दै गए पछि ती युवतीले सञ्जीव सहित केटाको नाम लिएर फोन गरे जस्तो गरिन् । त्यसो हुदा समस्यामा परिन्छ कि भनेर मनीषले नरम हुदै यौन सम्पर्क नगरी बाहिर निस्कन खोजे तर केटीले बाटो छेके पछि होटलकी आन्टीले त्यो विवाद मिलाईन् । अन्तत मनीषको २५ सय रुपैया पनि सकियो र यौन प्यास मेट्न पनि पाएनन् ।
बसपार्कमै बस्ने एक प्रोढलाई एक दिन बाटोमा हिड्दा हिड्दै रेष्टुरेन्टमा थुप्रिएर बसेका केटीहरुले ओई खुईते बुढा यता आउन मोज गरौ भनेर बाटैमा बोलाए । त्यस पछि उनले पुलिस बोलाएर ती युवतीहरु समात्न लगाएको स्मरण सुनाए ।
खास गरी विदेश जान लागेका र विदेशबाट आउने युवाहरुको ठूलो समुह गोगबुमा बस्ने र उनीहरु यौन तृष्णा मेटाउन पुल तिर टहलिएर केटी खोज्दा फस्ने गरेको तथ्य प्रहरी स्रोतले बतायो ।
शूरुमा नरम भएर डिल गर्ने युवतीहरु केटाहरुलाई होटलको कोठा भित्र पुर्याएर कपडा खोल्न लगाई सके पछि भने निकै मैमत्ता हुने गर्दछन् । एक युवाले बताए ।
विषेशगरी उपत्यका बाहिरबाटै आएर बस्ने युवतीहरु ज्यान पाल्न यस्तो पेशामा लाग्ने गरेको र उनीहरुमा बिस्तारै पैसाको मोह बढ्दै गए पछि केटाहरुलाई लुट्न अनेक हतकण्डा अपनाउने गरेको देखिएको छ ।
यसमा दलालको रुपमा रहेकाहरुले साझ र बिहान बसबाट झरेका युवाहरुलाई के दाई होटल हो ? तातो चिसो पानीको व्यवस्था, सफा कोठा जे भन्यो त्यही सुविधा सस्तोमा भन्दै तानेर युवतीहरुसम्म पुर्याउने गरेको र यसरी पुग्ने युवाबाट झरेको पैसामा केही ती दलालले पाउने गरेको पनि बताईन्छ । प्रहरीले पटक पटक छापा मारे पनि केही प्रहरीकै मान्छे पनि युवतीहरुसगँ रसलिल्लामा लाग्ने गरेको एक युवतीले बताईन् ।


बसपार्क यौन विकृतिको अखडा बने पछि घर बनाउने मान्छेहरु पनि घर भाडामा दिएर आफू अन्तै बस्ने गरेको एक होटल व्यवशायी बताउछन् । उनले होटलमा रुमहरु धन्दाका लागि नदिने हो भने होटलको भाडा तिर्नै मुस्किल पर्ने गुनासो गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ