भारतीय सेनासगँ १० दिनका लागि पनि पूर्ण क्षमतामा लड्ने गोला बारुद नभएको खुलासा

भारतीय सेनासगँ १० दिनका लागि पनि पूर्ण क्षमतामा लड्ने गोला बारुद नभएको खुलासा

चीन र पाकिस्तानसगँ टकराव बढीरहेका बेला प्रतिवेदन सार्वजनिक

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

साउन ६ एजेन्सी ।  चीन र पाकिस्तानसगँ सिमानामा बढ्दो तनावका बीच भारतीय सेनासगँ पूर्ण क्षमतामा सघन युद्ध लड्नका लागि आवस्यक गोला बारुदको क्षमता १० दिनका लागि पनि नरहेको भारतको एक सरकारी प्रतिवेदनले देखाएको छ ।
सरकारी खाता र अडिटको अध्ययन गर्ने संस्था सिजेसीले संसदमा आज बुझाएको प्रतिवेदनमा भारतीय सेनाका लागि सघन युद्धको स्थितिमा १० दिनका लागि पनि पर्याप्त गोला बारुद नरहेको उल्लेख गरिएको छ ।
सन् २००९ देखि २०१३ सम्म खरीद गर्ने भनिएको युद्ध सामाग्री सन् २०१७ को जनवरी सम्म पनि पेन्डिङ रहेको देखिएको प्रतिवेदनमा औल्याईएको छ ।
सन् २०१३ सम्ममा ९ वटा आईटम खरीद गर्ने भनिएकोमा ५ वटाका लागि मात्र काम भईरहेको जनाईएको छ ।
पुराना गोलाबारुद हटाउनु पर्ने, बख्तरबन्द गाडीहरु बढाउनु पर्ने र फायर पावर बढाउनु पर्ने सुझाव पटक पटक दिईए पनि यसमा सन्तोषजनक काम हुन नसकेको उल्लेख गरिएको छ ।
चीनसगँ सम्भाव्य युद्धउन्मुख परिस्थिति बढेको र पाकिस्तानसगँ दैनिक रुपमा सिमानामा गोली हानाहान चलिरहेका बेला भारतीय सेनामा यो समस्या देखिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी