नयाँ संविधानसभा निर्वाचन स्थगितको माग गर्दै जारी प्रदर्शन हिंसात्मक बन्दै

नयाँ संविधानसभा निर्वाचन स्थगितको माग गर्दै जारी प्रदर्शन हिंसात्मक बन्दै

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी , ६ साउन ।

नयाँ संविधानसभाका लागि तोकिएको निर्वाचन स्थगित गर्न माग गर्दै भेनेजुएलामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

विपक्षी दलको आह्वानमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा ३ जनाको मृत्यु भएको छ । ३ सय ५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजनीतिक द्वन्द्वका कारण गत अप्रिलयता पटकपटक भएको प्रदर्शनका क्रममा झडप हुँदा करिब १ सय जनाको मृत्यु भइसकेको छ । राजधानी काराकासमा प्रदर्शनकारीले मुख्य सडक अवरुद्ध गरेका छन् ।

राष्ट्रपति निकोलस मडुरोले आगामी जुलाई ३० का लागि तोकेको संविधानसभाको निर्वाचन रद्ध गर्न माग गर्दै विपक्षीले आन्दोलन चर्काएका छन् । सो आन्दोलनलाई अन्तर्रा्ष्ट्रिय जगतले समेत चासोका रुपमा हेरेको छ ।

कोलम्बिया, फ्रान्स, स्पेन, अमेरिका तथा युरोपेली युनियनले निर्वाचन तत्काललाई स्थगित गर्न आग्रह गरेका छन् । राष्ट्रपति मडुरोले भने निर्वाचन गराएरै छोड्ने अडान लिएका छन् ।

राष्ट्रपतिको योजना अनुसार निर्वाचन भई बन्ने नयाँ संविधानले राष्ट्रपतिलाई अत्याधिक शक्तिशाली बनाउने भएकाले मुलुकमा तानशाह जन्मन सक्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन् ।

राष्ट्रपति मडुरोले भने नयाँ संविधानले विभाजित भएको मुलुकलाई एक गर्न मद्दत गर्ने दाबी गर्दै आएका छन् । इन्धनको मुल्यमा भारी गिरावट आएपछि चरम आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा अत्यावश्यकीय सामाग्रीको समेत अभाव हुन थालेको छ ।

सरकारले अर्थतन्त्र तथा प्रजातान्त्रिक संगठनको कुशल व्यवस्थापन गर्न नसक्दा मुलुकले चरम संकट खेप्नुपरेको विपक्षीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी