सिमा पार गरेको भारतीय सेना दुष्मन भएको संकेत गर्दै चीनीया विज्ञद्धारा त्यसलाई फिर्ता बोलाउने, बन्दी बनाउने या नष्ट गर्ने मात्र विकल्प रहेको चेतावनी 

सिमा पार गरेको भारतीय सेना दुष्मन भएको संकेत गर्दै चीनीया विज्ञद्धारा त्यसलाई फिर्ता बोलाउने, बन्दी बनाउने या नष्ट गर्ने मात्र विकल्प रहेको चेतावनी 

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी साउन ६ । डोकलाममा भारतीय सेना प्रवेश गरी चीनले निर्माण गरीरहेको सडक अवरुद्ध गरे पछि दुवै देशबीच बढेको तनावले शीतयुद्धको जस्तो छनक दिएको छ । दिनमा पटक पटक दुबै देशको यो विवादको मामलामा समाचार, अन्तरवार्ता र रिपोर्टहरु प्रकाशित भईरहेका छन् ।
यसै मेसोमा चीनीया बेईजिगं लिगल ईभिनिगं न्युजमा दिएको अन्तरवार्तामा मुम्वईमा चीन वाणिज्य दुतावासका पूर्व काउन्सीलर जनरल लिउ योउफाले अन्तराष्ट्रिय कानुन अनुसार कुनै पनि देशको सिमानामा सेना प्रवेश गरे पछि त्यसलाई दुष्मन मानिने र त्यसको तीन वटा मात्र विकल्प सम्बन्धित देशले फिर्ता बोलाउने, उनीहरुलाई बन्दी बनाउने या परिस्थिति गडबढ भएमा उनीहरुलाई नष्ट गर्नु पर्ने भन्दै भारत लक्षित घुमाउरो चेतावनी दिएका छन् । उनले भारतले पहिलो विकल्प रोजेर कदम चाल्नु दुवै देशको हितमा रहेको बताएका छन् ।
हिजो लोकसभामा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दिएको अभिव्यक्ति दुवै देशले डोकलामबाट सेना फिर्ता बोलाउने कुरा चीनलाई अमान्य भएको चीनीया अन्य सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ओरिएन्टल डेली न्युजले यदी भारतीय नेताले चीनलाई उकास्नुको मतलव बुझिरहेका छैनन् भने उनीहरुले कल्पना गरेको भन्दा ठूलो त्रासदीका साथ अन्त्य हुने चेतावनी दिएको छ ।

यसै बीच भारतीय विदेश सचिव अजीत डोभालले २६ जुलाईमा चीनको भ्रमण गर्ने भएका छन् । यही भ्रमणमा चीनीया भूमिबाट भारतीय सेना फिर्ता बोलाउने कार्यमा सहमति होस भन्ने अपेक्षा रहेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

अगष्ट १ मा चीनीया जनमुक्ति सेनाले आफ्नो शक्ति प्रदर्शन गर्दै छ । त्यस क्रममा भारतसगँ आवस्यक परे युद्धको तयारी पनि सेनाले गर्ने जनाईएको छ । यदी भारत चीन युद्ध भएमा त्यो डोकलाममा सीमित नरहने चेतावनी दिईएको छ । अहिले चीनीया सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले डोकलामबाट भारतीय सेना फिर्ता भए पनि वा नभए पनि युद्ध गर्नु पर्ने र सिक्किम समेत तिव्वतमा गाभ्नु पर्ने तर्क शुरु गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी