कतारका विदेशमन्त्री चीन भ्रमणमा

कतारका विदेशमन्त्री चीन भ्रमणमा

  • शुक्रबार, साउन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बेइजिङ, ५ साउन । कतारका विदेशमन्त्री बेइजिङ भ्रमणमा पुग्नु भएको छ । उहाँका चिनियाँ समकक्षीले एक दिन अगाडि मात्र युनाइटेड अरब इमिरेट्सका वरिष्ठ सरकारी अधिकारी चीन भ्रमणमा आउनु भएको र गल्फ राष्ट्रबीच बढेको मनमुटाब सुधार हुनसक्ने आशा गरिएको बताउनुभएको थियो ।

उहाँका चिनियाँ समकक्षीका अनुसार बिहीबार उहाँहरूबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार कतारका विदेश मन्त्री सेख मोहमद बिन अब्दुलरहमान अल थानीले चिनियाँ विदेश मन्त्रीलाई बिहीबार बेइजिङमा भेटी हालै कतारलाई अरू छिमेकी राष्ट्रहरूले लगाएको नाकाबन्दीका बारेमा कुराकानी गर्नुहुनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार चीनले आतङ्कवादविरुद्धको लडार्इँ र गल्फ राष्ट्रको एकताका लागि सधैँ सहयोग गर्नेछ ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले करिब एक महिना अगाडिबाट हवाई समुद्रि र स्थलमार्गबाट कतारलाई नाकाबन्दी लागाउँदै आएको छ ।

कतारले मुस्लिम अतिवादीहरूलाई आश्रय र प्रश्रय दिएको आरोप ती देशको छ । तर कतारले भने यसको ठाडै अस्वीकार गर्दै आएको छ । उसले यो सबै कतारलाई उसको विकासबाट अत्तालिएकाहरूले देशलाई नै तहसनहस बनाउने उद्देश्यले गरिएको षड्यन्त्रको रूपमा आफ्नो तर्क राख्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी