नेपाल भारत सम्बन्ध र बर्तमान परिस्थितिमा १९५० को सन्धीको सान्धर्भिकता बिषयमा टोकियोमा अन्तरिक्रिया कार्यक्रम हुदै

नेपाल भारत सम्बन्ध र बर्तमान परिस्थितिमा १९५० को सन्धीको सान्धर्भिकता बिषयमा टोकियोमा अन्तरिक्रिया कार्यक्रम हुदै

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

टाेकियाे ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा नेपाल भारत सम्बन्ध पुनरावलोकन सम्बन्धी गठित प्रबुद्न समुहमा भारतीय पक्षका सदस्य समेत रहेका डा. महेन्द्र पी लामा र चुकुवा विश्वविद्यालयका सहायक प्रा.डा कमल लामिछाने लगायत टोकियोमा रहेका प्रबुद्व बर्गहरु बिच नेपाल भारत सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

मुल आयोजक चुकुबा युनिभर्सिटी रहेको कार्यक्रमलाई बैदेशिक लगानी उच्च स्तरिय समन्वय तथा अनुगमन समितीका सदस्य महेश श्रेष्ठले संयोजन गर्नु भएको हो । जापानमा क्रियाशील सामाजिक अभियान्ताहरुको सहभागितामा आउँदो जुलाई २३ तारिक टोकियोको सिन्जुकुमा जाईका ईन्टरनेशनलको हलमा कार्यक्रम गर्न लागिएको डा. बिजय ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई जापानबासी नेपालीको साझा कार्यक्रम बनाउनका लागी सुदुर पस्चिमेली समाज र ‘संम्बृद्व नेपाल निर्माण अभियान’-INFSD JAPAN ले ब्यबस्थापकिय सहयोग गरेका छन् । नेपाल भारत सम्बन्ध लाइ नयाँ रुपमा व्याख्या गरिनु पर्ने आवाज उठी रहेको बखत प्रबासबाट पहिलो पटक यो बिषयबस्तु मा अन्तर्कृया गरिन थालिएको हो । जनस्तरबाट प्रवासमा हुने यी र यस्ता किसिमका कार्यक्रमले संम्बृद्व नेपाल निर्माणमा ईटा थप्ने काम हुन सक्ने भन्दै कार्यक्रममा उपस्थितिका लागी बिभिन्न राजनितीक दलका भात्रृसंगठनका प्रतिनिधी र संघ संस्थालाई अपिल गरिएको छ ।

कार्यक्रममा उपस्थितीको लागि ८० जना मात्र सख्या निर्धारण भएकोले उपस्थितीको पूर्व नाम दर्ता गर्न अनुरोध गरिएको छ । कार्यक्रम स्थल – जाइका इचिगया हल १०-५ इचिगया , होनमुरा चो , शिन्जुकु टोकियो मिती – २३ जुलाई २०१७ समय – साझ ५:०० – ९ बजे सम्म नाम दर्ता – डा. विजय ज्ञवाली ( ०९०-८०५४-७४०४) आशिश रावल ( ०९०-९४०२-२०५० ) सन्तोष चोखाल ( ०८०- ९८२०- ४८७०) बसन खत्री ०९० – २४८२ – ०६६०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी