एजेन्सी ,५ साउन ।
भारतको नयाँ राष्ट्रपतिमा दलित नेता रामनाथ कोविद निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको हो ।
बिहारका पूर्व गभर्नरसमेत रहनुभएका ७१ वर्षीय कोविदले जुलाई २५ मा राष्ट्रपतिको पद ग्रहण गर्दैहुनुहुन्छ ।
आज सम्पन्न मतगणनामा राष्ट्रपतिका उम्मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो।
निर्वा्चित राष्ट्रपति कोविन्दलाई ५ सय २२ सांसदले भोट गरेर समर्थन गरेका थिए भने मीरालाई २ सय २५ सांसदले समर्थन गरेर भोट दिएका थिए।
समग्रमा रामनाथले ६६ प्रतिशत भोट पाउनुभयो भने मीराले ३४ प्रतिशत मात्रै भोट पाउनुभयो।
मतदानमा २१ सांसदको मत रद्द भउको थियो भने गोवा र गुजरातमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनको पक्षमा क्रस भोटिङ भएको थियो ।
सन् १९९८ देखि २००२ सम्म उहाँ भाजपाको दलित मोर्चाका अध्यक्षसमेत रहनुभएको थियो । कोविद उत्तर प्रदेशबाट राज्यसभामा दुई पटक निर्वा्चितसमेत भइसक्नु भएको छ ।
पेशागत रुपमा अधिवक्ताका हैसियतले उहाले १६ वर्ष भारतको सर्वोच्च अदालतमा वकालत गर्नुभयो ।
सन् १९७७ मा भाजपा प्रवेश गर्नुअघि कोविदले तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईका निजी सचिवका हैसियतमा काम गर्नुभएको थियो ।
राष्ट्रपती पदमा उहाको नियुक्तिलाई, राजपाको आगामी संसदीय निर्वाचनमा दलित समुदायको भोट तान्ने रणनीतिका रुपमा लिइएको छ ।
राष्ट्रपतिमा निर्वा्चित भएसँगै रामनाथ कोकविन्दलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ।
सरकारले उहाको सुरक्षाको लागि अवश्यक सुरक्षा प्रवन्ध गरिसकेको छ । उत्तर प्रदेशमा रहेको उहाको घरमा समेत सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।