एजेन्सी । सुगालाई घरमा पालेर मानिसहरु बोल्न सिकाउछन् । जस्तो कि गोपी कृष्ण कहु यो नेपाल र भारतमा यसलाई सिकाईने शब्द हो । चराहरु मध्य सुगा मानिसको सबै भन्दा नजिकको पंक्षी हो ।
तर अमेरीकामा यो सुगाले अदालतमा बयानै दिएको छ र सही दोषी पत्ता लगाउन मद्धत पुर्याएको छ । मिचिगनमा सन् २०१५ मा ४९ वर्षे ग्लेन्ना दुरमले आफ्ना पति मार्टिनलाई सुगाको सामुन्ने पाचँ गोली हानेकी थिईन् । साथै आफैलाई गोली हानेर आत्महत्या गर्ने कोशिस गरेकी पनि थिईन् ।
दुरमले आफ्ना पतिलाई गोली हानेका बेला सुगाले गोली नचलाउ , गोली नचलाउ भन्ने शब्द निकालेको थियो । यद्यपि अदालतमा सुगा लान वकिलले गरेको मागलाई न्यायधीशले खारेज गरेका थिए ।
त्यही अफ्रीकी सुगाले पटक पटक यो शब्द दोहोर्याएको प्रतिवेदनका आधारमा अदालत उक्त निर्णयमा पुगेको हो । आउने महिला दुरुमलाई सजाय सुनाईने छ । अब मार्टीनका पूर्व पत्नीले उक्त सुगाको रेखदेख गर्ने बताएकी छन् ।

मार्टीनकी आमाले अदालत परिसरमा यत्रो प्रमाणका बीच पनि दुरममा कुनै पश्चाताप नभएकोमा दुखः व्यक्त गरेकी थिईन् ।