भारत प्रशासित कास्मीरको प्रतिनिधि मण्डलद्धारा पाकिस्तानसगँ सहयोगको अपील, भारतले गैरकानुनी हत्या गरीरहेको गुनासो

भारत प्रशासित कास्मीरको प्रतिनिधि मण्डलद्धारा पाकिस्तानसगँ सहयोगको अपील, भारतले गैरकानुनी हत्या गरीरहेको गुनासो

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

साउन ४ काठमाण्डौं । भारत प्रशासित कास्मीरमा ठूलो दमन भईरहेको र भारत सरकारको अत्याचारको विरुद्ध आवाज उठाईदिन कास्मीरको एक प्रतिनिधि मण्डलले पाकिस्तानसगँ आग्रह गरेको छ ।
सम्पूर्ण दलको हुरियत कन्फेरेन्सको ९ सदस्यीय प्रतिनिधि मण्डलले पाकिस्तानी सरकारका विदेश सल्लाहकार सर्तराज अजीजलाई भेटी यस्तो आग्रह गरेका हुन् ।
कास्मीरी जनतामाथि रक्तपात मच्चाउने, झुट्टा ईन्काउन्टरमा हत्या गर्ने, पेलेट गनले ८ हजार कास्मीरी जनताको आखा फुटाईएको र २ सय बढी कास्मीरीको हत्या गरिएको प्रतिनिधिमण्डलले विवरण अजीजलाई दिएको थियो ।
१९ हजार घाईते बनाएको र १८ हजारलाई पक्राउ गरी वेपत्ता बनाएको प्रतिवेदन दिदै उनीहरुले यस अवस्थालाई अन्तराष्ट्रियकरण गर्न आग्रह गरेका थिए ।
जुलाई २०१६ मा बुरहान बानीको हत्या भारतले गरे पछि आन्दोलन चर्किएको कास्मीर अझै शान्त हुन सकेको छैन ।
९५ प्रतिशत भन्दा बढी जनताले आफूहरु भारतको मातहतमा रहन नचाहेको भन्दै बलिदान दिईरहेका छन् ।
कास्मीरलाई दवाउन भारतले ७ लाख सेना तैनाथ गरेर दमन गरीरहेको छ ।
भारतको आफै प्रशासित भुभागमा यत्रो जघन्य गैर न्यायिक हत्या र दमनका विरुद्ध अन्तराष्ट्रिय शक्तिले समेत दवाव सृजना गर्न सकेका छैनन् ।
सो प्रतिनिधिमण्डलसगँको भेटमा अजीजले कास्मीर मुद्धा भारत र पाकिस्तानबीच विवादको मुख्य मुद्धा भएकाले यो समस्या समाधान नहुदा सम्म दक्षिण एशियामा शान्ति र स्थीरताको संभावना नरहेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी