डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच गोप्य वार्ता , के भयो कुराकानी ?

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच गोप्य वार्ता , के भयो कुराकानी ?

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, साउन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गोप्य वार्ता भएको खुलासा भएको छ ।

ह्वाइट हाउसले गोप्य भेटवार्ता जर्मनीको हयाम्बर्गमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनका क्रममा भएको पुष्टि गरेको छ ।

भेटवार्ता राष्ट्राध्यक्षका लागि आयोजना गरिएको डिनरका क्रममा भएको र त्यसको केही समयपछि मात्र उहाँहरुबीच औपचारिक भेटवार्ता भएको जनाइएको छ ।

गोप्य भेटवार्तामा के के कुराकानी भयो भन्ने सम्बन्धमा भने ह्वाइट हाउसले केही जनाएको छैन ।

यद्यपि दुई घण्टासम्म चलेको औपचारिक वार्ताका क्रममा अमेरिकी चुनावमा रुसी हस्तक्षेपलगायतका विषयमा छलफल भएको चर्चा चलेको छ ।

उक्त भेटवार्ता पछि पनि दुई मुलुकबीचको सम्बन्धमा अपेक्षित सुधार आउन सकेको छैन । कूटनीतिक तनाव भने बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी