अमेरिकाले लगायो इरान विरुद्ध ताजा नाकाबन्दी , यस्तो छ कारण

अमेरिकाले लगायो इरान विरुद्ध ताजा नाकाबन्दी , यस्तो छ कारण

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, साउन ४ । आतंकवादी संगठनलाई सहयोग गरेको आरोप लगाउंदै अमेरिकाले इरान विरुद्ध ताजा नाकाबन्दीको घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नाकाबन्दीबाट इरानका १८ कम्पनी र विभिन्न व्यक्तिहरु प्रभावित हुने जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा सिरियाली सरकार र हिज्बुल्लाह, हमास जस्ता समुहलाई सहयोग गरेको भन्दै इरानको आलोचना समेत गरिएको छ ।

यस्तै यमनको द्वन्द्वमा विद्रोही हुथी समुहलाई सहयोग गरेको इरानमाथि आरोप लगाइएको छ ।

इरानको विदेशमन्त्रालयले भने प्रतिबन्ध एकपक्षीय र गैरकानुनी भएको जिकिर गरेको छ ।

अमेरिकी प्रतिबन्धको बदलामा इरानले पनि आफ्ना नागरिक र अरु मुश्लिम मुलुक विरुद्ध क्रियाशिल अमेरिकी कम्पनी र व्यक्ति विरुद्ध प्रतिबन्ध लगाउने उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले सन् २०१५ को आणविक कार्यक्रम सीमित गर्ने सम्झौता तेहेरानले पालना गरेको जनाएको दोस्रो दिनमै नयां अमेरिकी प्रतिबन्ध सार्वजनिक भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी