एजेन्सी साउन ३ । चीनले भारतीय सेना डोकलामको सिमा क्षेत्र पार गरेर बसेको विषयमा पुनः ध्यानाकर्षण गराउदै तनाव कम गर्न सेना फिर्ता गर्न आग्रह गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता लि कागंले नियमित पत्रकार सम्मेलनमा भारतले राजनीतिक उदेश्य पूरा गर्न सेनाको प्रयोग गरेको भन्दै चीनले अझै पनि सेना फिर्ताको लागि आग्रह गरेको बताउनु भयो ।
उहाले चीनले धैर्यताका साथ भारतलाई अनुरोध गरीरहेको भन्दै अवैध रुपले सिमा पार गरेका फौज फिर्ता लानु पर्ने बताउनु भयो ।
चीनीया विज्ञहरुले अहिले चीनले धेर्यता प्रदर्शन गरीरहेको तर यो सधैका लागि नभएको चेतावनी दिएका छन् ।
यस विषयमा विदेशी नियोगहरु लाई समेत चीनले अवगत गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline