एजेन्सी ,२साउन ।
पाकिस्तानले अतिवादी समुह इस्लामिक स्टेट आइएस विरुद्द अभियान शुरु गरेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आइएस बिरुद्ध पाकिस्तानी सेनाले अभियान शुरु गरेको बीबीसीले उल्लेख गरेको छ ।
अफगानी क्षेत्रमा अतिवादी संगठनले आफ्नो प्रभाव बढाएकाले सतर्क रहन अभियान चलाइएको सैन्य प्रवक्ताले बताएका छन् ।
खैबर प्रान्तको राजगलस्थित पहाडि इलाकामा अभियान केन्द्रित रहने उनको भनाई छ ।
पाकिस्तानले यसअघि आफ्नो इलाकामा आइएसको प्रभाव नरहेको दावी गर्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline