कोरियामा कामदारको तलब १६ प्रतिशतले बढ्यो, ४५ हजार नेपाली लाभान्वित हुने

कोरियामा कामदारको तलब १६ प्रतिशतले बढ्यो, ४५ हजार नेपाली लाभान्वित हुने

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कोरिया ,१ साउन ।

दक्षिण कोरियामा कामदारको तलब १६दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । ज्याला निर्धारण समितिको शनिवार अबेर बसेको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।
कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । तलव वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० वोन अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।
हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समय सीमा भन्दा निकै ढिला गरी शनिवार राती मजदुर र कम्पनी व्यवस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् ।
आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सात प्रतिशतले तलव वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।
तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यवस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जीवनशैली र मँहगीको हिसाबले तबल प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए ।
कम्पनी व्यवस्थापन पक्ष तबल वृद्धि गरेपनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिवार राती १६ दशमल ४५ प्रतिशतले बढाउन राजी भएको हो । मजदुर संगठन भने दश हजार वोन हुनुपर्ने अडानमै रहेका छन् । दश हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठुलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
शनिवार तलब वृद्धि गर्ने त्रिपक्षीय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ । राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा दश हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी