अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

  • शनिबार, असार ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काबुल, ३१ असार । अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएका छन् ।

देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

“मृतक मध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ ।

नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाइ छ ।

उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी