दक्षिण कोरियासँग व्यापारिक सम्झौता पुनरावलोकन गर्ने अमेरिकाको तयारी

दक्षिण कोरियासँग व्यापारिक सम्झौता पुनरावलोकन गर्ने अमेरिकाको तयारी

  • बिहिबार, असार २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ,२९ असार ।
अमेरिकाले दक्षिण कोरियासँग सन् २०१२ मा भएको खुला व्यापारिक सम्झौता पुनरावलोकन गर्ने जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता एकतर्फी रहेको भन्दै पुनरावलोकन आवश्यक रहेको बताउनु भयो । उत्तर अमेरिकी देशसँगको सम्झौतामा पनि सम्पादनको आवश्यक्ता रहेको ट्रम्पको भनाई छ ।

विदेशमा उत्पादन हुने सामाग्रीमा उच्च कर लगाउने रणनीति स्वरुप ट्रम्पले सम्झौता पुनरावलोकन गर्ने तयारी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तर प्रशान्त क्षेत्रको व्यापारिक सम्झौताबाट पछि हटेका ट्रम्पले मुख्य व्यापार साझेदार दक्षिण कोरियासँगको सम्झौतामा पनि फरबदल गर्न लाग्नुभएको हो ।

अमेरिकी अर्थतन्त्र कमजोर बनेको अवस्थामा सन् २०१२ मा बारक ओबामा प्रशासनले दक्षिण कोरियासँग सो सम्झौता गरेको थियो ।

सम्झौताकै कारण आर्थीक मन्दि खेपिरहेको अमेरिकाको अर्थतन्त्र उकासिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी