एजेन्सी २९ असार ।
ब्राजिलका पूर्वराष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भाले भ्रष्टाचार गरेको पुष्टी भएको छ । राष्ट्रपति सिल्भामाथि सरकारी तेल कम्पनी पेट्रोब्रासबाट घुष स्वरुप अपार्टमेन्ट लिएको आरोप लगाइएको थियो ।
सिल्भामाथि लागेको भ्रष्टाचार आरोप पुष्टी भएपछि अदालतले साढे ९ वर्षको जेल सजाय सुनाएको हो । यद्यपी राष्ट्रपति सिल्भाले भने फैसलाको खण्डन गर्दै अदालतको सुनुवाई पूर्णता राजनिति प्रेरित रहेको दावी गर्नुभएको छ ।
राष्ट्रपति सिल्भाले सन् २००३ देखि २०११ सम्म आठ वर्ष ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । उहाँले आफ्नो कार्यकालमा गलत ढङ्गबाट ठेक्का दिलाउनका लागि घुष लिएको आरोप पनि छ ।
आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा विपक्षी वर्कस पार्टीबाट उमेदवार बन्ने घोषणा गर्नुभएका सिल्भालाई अदालतको फैसलाले झट्का लागेको छ । उहाँमाथि लागेका अन्य चार मुद्धाको सुनुवाई हुन बाँकी रहेको जनाइएको छ ।