अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे ट्रम्पकै छोराको ईमेलबाट नयाँ खुलासा

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे ट्रम्पकै छोराको ईमेलबाट नयाँ खुलासा

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, असार २८ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् ।

जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि भने उनले राष्ट्रपतीय निर्वाचनमा रुसको भूमिकाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए ।

जुनियर ट्रम्प र रुसी वकिलबीच ट्रम्प टावरमा क्लिन्टनको चुनावी अभियानलाई असर पु¥याउने सामग्रीका विषयमा भेटवार्ता भएको पनि सार्वजनिक भइसकेको छ ।

यता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो जेठो छोराले इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् । ईमेलमा राष्ट्रपतीय निर्वाचनमा रुसले सहयोग गरेको विषयलाई स्वागत गरिएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा एफबीआई र अमेरिकी कंग्रेसले अनुसन्धान गरिरहेको छ । तर रुसले भने आरोप अस्वीकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी