अफगानिस्तान, २७ असार ।
अफगानिस्तानको पूर्वी प्रान्त लाघमानको अजाम गुल इलाकामा भएको सुरक्षा कारबाहीमा परी आज तालिवानका प्रमुख कमाण्डर मारिएका छन् ।
ती कमाण्डर कुन स्तरका हुन भन्ने बारेमा केहि नखुलाएपनि आतंककारी संगठनको केन्द्रीय स्तरकै नेता भएको आशङ्का गरिएको छ । उनी सहित पाँच आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको लाघमान प्रान्तको प्रान्तीय सरकारद्धारा आज प्रकाशित विज्ञप्तिमा आलिसिङ्ग जिल्लामा अवस्थित एक प्रहरी चौकीमा तालिवानहरुको एक समूहले आज बिहान शक्तिशाली हमला गरेको जनाईएको छ ।
दुई घण्टासम्म जारी यस भिडन्तमा दुई प्रहरीको ज्यान जानुको साथै अन्य पाँच जना घाइते समेत भएका छन् ।
सो आक्रमणको जवाफी कारबाहीको क्रममा छ जना प्रहरी घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीमा भएको हताहतिको विवरण प्राप्त भइसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline